स्ववियु निर्वाचनमा झडप भएपछि बाजुरा बुढिनन्दाका २ वडामा कर्फ्यु – Nepal Press

स्ववियु निर्वाचनमा झडप भएपछि बाजुरा बुढिनन्दाका २ वडामा कर्फ्यु

कैलाली । बाजुराको बुढीनन्दा नगरपालिका वडा न १ र २ मा कर्फ्यु लगाइएको छ । स्ववियु निर्वाचनका क्रममा स्थिति तनावग्रस्त हुँदा रातिको समयमा थप घटना घट्न सक्ने भन्दै कर्फ्यु लगाएको जिल्ला प्रहरी प्रमुख कबिन्द्रसिहं बोहराले बताए ।

बुढीनन्दा नगरपालिका १ र २ मा आज राति ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुराको बुढीनन्दा क्याम्पसमा आज दिउँसो दुई विद्यार्थी संगठनबीच झडप प्रहरीले २४ राउन्ड हवाई फाएर गरेको थियो । झडपले ठूलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रु ग्यास र २४ राउन्ड हवाई फाएर गरेर भीड नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हवाई फायरपछि पुनः सञ्चालन भएको मतदान फेरि रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर