पूर्वाञ्चल इन्जिनियरिङमा नेविसंघका नवीन सभापतिमा विजयी – Nepal Press

पूर्वाञ्चल इन्जिनियरिङमा नेविसंघका नवीन सभापतिमा विजयी

विराटनगर । सुनसरीको धरानमा रहेको पुर्वान्चल इन्जिनियरिङ क्याम्पस, नेविसंघ र समाजवादी विद्यार्थी युनियनको प्यानल विजयी भएको छ । स्ववियु निर्वाचनमा नेविसंघका नवीन श्रेष्ठ सभापतिमा विजयी भए । सो क्याम्पसमा सचिवमा राजन यादव र कोषाध्यक्षमा महेश्वर प्रसाद भट्ट विजयी भए ।

सभापतिमा विजयी भएका श्रेष्ठले ७८४ मत प्राप्त गरे । सभापतिका प्रत्याशी अखिल क्रान्तिकारीका मन्दीप अधिकारीले ५५२ मत र एमाले निकट अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका अशेष रेग्मीले ३७० प्राप्त गरे ।

यस्तै, सचिवमा समाजवादी विद्यार्थी युनियनका राजनकुमार यादवले ६३९ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सङ्कल्प खतिवडा ५६१ मत प्राप्त गरे ।

कोषाध्यक्षमा नेविसंघका भट्टले एक हजार ४५ मत पाउँदा अनेरास्ववियुका दीपर्शन ढकालले ३३३ मत प्राप्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर