मकवानपुरमा अखिल क्रान्तिकारी विप्लवले खोल्यो खाता – Nepal Press

मकवानपुरमा अखिल क्रान्तिकारी विप्लवले खोल्यो खाता

हेटौंडा । मकवानपुरमा विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीले जीत दर्ता गरेको छ । हेटौंडा उपमहानगरपालिका- १६ मा रहेको जनप्रिय बहुमुखी क्याम्पसमा विप्लव नेतृत्वको नेकपा, एमाले तथा समाजवादी निकट अनेरास्ववियुले प्यानल बनाएर स्ववियु निर्वाचनमा सहभागिता जनाएका थिए ।

नेपाली कांग्रेस निकट नेविसंघ र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीसहितको गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियु क्रान्तिकारीकी मुना गोले २७ मतसहित सभापति निर्वाचित भएकी हुन् ।

बाँकी सबै पदमा पनि एमाले-एकीकृत समाजवादी-विप्लव गठबन्धनले नै जीत हासिल गरेको छ । जसअनुसार सचिवमा पुष्पा बास्तोला, कोषाध्यक्षमा नमुना पोखरेल विजयी हुँदा सदस्यहरुमा मेनुका दाहाल, पवित्रा अधिकारी तथा विनिता तिमल्सिना निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर