पर्वतको गुप्तेश्वर क्याम्पसमा नेविसंघ-क्रान्तिकारीको गठबन्धन विजयी, सतिश बने सभापति – Nepal Press

पर्वतको गुप्तेश्वर क्याम्पसमा नेविसंघ-क्रान्तिकारीको गठबन्धन विजयी, सतिश बने सभापति

काठमाडौं । पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सतिश रेग्मी निर्वाचित बनेका छन् ।

आज भएको निर्वाचनमा रेग्मी र अखिल क्रान्तिकारीका उम्मेदवारको प्यानल विजयी भएको हो । जम्मा खसेको १८५ मतमध्ये रेग्मीले १३१ मत पाएका थिए ।

त्यस्तै, सचिवमा लक्ष्मण रेग्मीले ११४ मत ल्याएका छन् भने कोषाध्यक्षमा पवित्रा नेपाली ११९ मतसहित विजयी बनिन् । सदस्यहरुमा पूजा कुमारी पोखरेल, मनिषा परियार र सबिना क्षेत्री निर्वाचित बने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर