माइडिया ब्राण्डका घरायसी सामग्री अब शुलभ मूल्यमा, काठमाडौंमा चिनियाँ उत्पादकसहितको डिलर मिटिङ र प्रडक्ट लन्च – Nepal Press

माइडिया ब्राण्डका घरायसी सामग्री अब शुलभ मूल्यमा, काठमाडौंमा चिनियाँ उत्पादकसहितको डिलर मिटिङ र प्रडक्ट लन्च

काठमाडौं । इन्जिनियर्स क्वालिटी नेपालले आयात गरिएको चीनको नम्बर १ ब्रान्ड माइडिया ब्राण्डको डिलर मिटिङ तथा प्रडक्ट लन्च सम्पन्न भएको छ ।

काठमाडौंमा शनिवार (चैत ४ गते) सम्पन्न डिलर मिट तथा प्रडक्ट लन्च कार्यक्रममा आयातकर्ता कम्पनी इन्जिनियर्स क्वालिटी नेपाल तथा चिनिया कम्पनी माइडियाका प्रतिनिधिको पनि सहभागिता थियो । सो डिलर मिटिङमा नेपालका सबै प्रदेशमा रहेका माइडियाका डिलरहरूको सहभागिता थियो ।

इन्जिनियर्स क्वालिटीले माइडियाका उत्पादनहरू २०७७ सालदेखि नेपालमा ल्याएर विक्री वितरण गर्न थालेको हो । चीनको नम्बर १ ब्राण्डमा पर्ने माइडियाका उत्पादनहरू उच्च गुणस्तरका मानिन्छन् ।

संसारका २ सयभन्दा बढी देशमा माइडियाका उत्पादनहरू निर्यात हुने गरेको उत्पादक कम्पनीले जानकारी दिएको छ ।

इन्जिनियर्स नेपालले माइडियाका इलेक्ट्रिक चिम्नी, टाइमर चुल्हो, आइओटी वाटर हिटर, आरओ फिल्टर, आइओटी डिसवासर, वाटर डिस्पेन्सरलगायत सामान आयात गरेर विक्री वितरण गर्ने गरेको छ । माइडियाका सामानहरू नेपालका प्रमुख सबै शहरमा पाइन्छ ।

माइडियाका उत्पादनहरू यही गुणस्तरको अन्य कम्पनीका उत्पादनभन्दा करिब २० प्रतिशत सस्तो मूल्य छ ।

अर्थात् उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय सामान पाउनको लागि पनि माइडियाका उत्पादनहरू एक स्मार्ट विकल्प भएको छ ।

कम्पनीले नेपालमा विक्रीपछिको सेवालाई पनि उच्च प्राथमिकतामा राखेको छ । माइडियाका ३ देखि १० वर्षसम्मको वारेन्टी छ । स्पेयर्स पार्टसमा कम मूल्य राखेर थप सुविधा प्रदान गर्ने प्रयास कम्पनीले गरेको छ ।

माइडियाका उत्पादनहरू गुणस्तरीय र प्रभावकारी छन् । जस्तो कि माइडियाको चिम्नीले कमआवाजमा बढी धुवा फाल्छ ।

ग्यास चुल्होले पनि अरू कम्पनीको चुल्होको तुलनामा २० प्रतिशत ग्यास खपत कम गरेर अरू कम्पनीकोभन्दा प्रभावकारी परफरमेन्स दिन्छ ।

वाटर हिटरमा छिटै पानी तात्छ भने आरओ वाटर फिल्टरले अरूको भन्दा शुद्ध पानी तान्ने र विद्युत् कम खपत गर्ने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *