उपराष्ट्रपति एउटै उम्मेदवार बनाउन सकेनौं, विश्वासको मत दिने बेलामा गठबन्धन एकै ठाउँमा उभिन्छ : गगन थापा – Nepal Press

उपराष्ट्रपति एउटै उम्मेदवार बनाउन सकेनौं, विश्वासको मत दिने बेलामा गठबन्धन एकै ठाउँमा उभिन्छ : गगन थापा

‘प्रधानमन्त्री बन्न साथीहरुले पत्याउनुभएन, अहिलेकाले भन्दा धेरै राम्रो चलाउन सक्छु’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बेलामा गठबन्धन दल एकैठाउँमा उभिने दाबी गरेका छन् ।

उपराष्ट्रपतिको मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए ।

उनले भने, ‘राष्ट्रपति निर्वाचनमा एकजुट भएपनि अहिले उपराष्ट्रपतिको निर्वाचनमा केही फरक विचार भएपनि विश्वासको मत दिने बेलामा गठबन्धन एक ठाउँमा आउँछ । सहजतापूर्वक उहाँले विश्वसको मत पाउनुहुन्छ । उपराष्ट्रपति निर्वाचनमा एक उम्मेदवार बनाउने हाम्रो कोशिश रह्यो तर एउटै बनाउन नसक्दा पनि सरकारलाई विश्वासको मत दिने र सरकार बनाउने कुरामा फरक पर्दैन । यसले सरकारको निरन्तरताको विषयमा केही फरक पार्दैन ।’

उनले विश्वासको मत लगत्तै सरकार गठन प्रक्रिया अघि बढ्ने बताए । कांग्रेस अहिलेसम्म प्रमुख प्रतिपक्ष भएको उल्लेख गर्दै पार्टीको बैठक बसेर सरकारलाई विश्वासको मत र सरकारमा सहभागी हुने निर्णय गरेर ५ गतेको बैठकमा सत्तापक्षमा बस्नुपर्ने उनको भनाइ छ ।

‘मैले सरकारको लिड गर्न चाहेको हो नि । कांग्रेसका साथीहरुले संसदीय दलमा पत्याउनु भएको भए कांग्रेसको नेतृत्व गर्दै म प्रधानमन्त्री नै बन्ने थिएँ नि लिड गर्ने चाहना नभएको वा आत्मविश्वास नभएको भन्ने हुँदै होइन’ उनले भने, ‘अहिले पनि म गठबन्धनमा रहनुभएका नेताहरु प्रधानमन्त्री बन्नुभएको र प्रधानमन्त्री बन्न क्रमवद्ध रुपमा रहनुभएको नेताहरूभन्दा राम्रो प्रधानमन्त्री चलाउन सक्छु भन्ने शतप्रतिशत आत्मविश्वास छ। सक्छु पनि ।’

अहिलेको गठबन्धन पाँच वर्षसम्म जाने दाबी गरे। अब सरकारमा जान मात्रै नभएर जनताको लागि काम गरेर देखाउनुपर्ने बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर