उपराष्ट्रपतिमा मतदानलगत्तै प्रधानमन्त्रीले गरे देउवा र माधव नेपालसँग छलफल
नेपाल प्रेस
२०७९ चैत ३ गते १४:४६
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् ।
उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि गठबन्धन दलका तीन शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । संसद भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरूबीचको छलफल चलिरहेको छ ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले चैत ६ गते लिने विश्वासको मत, सरकारलाई पूर्णता दिनेलगायत समसायिक विषयमा केन्द्रित रहेको जनाइएको छ ।
प्रतिक्रिया