गगनलाई ओलीको जवाफ- कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनु पर्दैन (भिडिओ) – Nepal Press

गगनलाई ओलीको जवाफ- कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनु पर्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महामन्त्री गगन थापालाई जवाफ फर्काएका छन् । फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनपछि ओलीले कांग्रेससँग नमिल्ने भनेर आफूहरूले कसम नखाएको अभिव्यक्ति दिएका थिए ।

तर, त्यसलगत्तै महामन्त्री थापाले ओलीलाई जवाफ फर्काउँदै २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका थिए । त्यसको जवाफ आज ओलीले फर्काएका हुन् ।

उनले उपराष्ट्रपतिमा मतदान गरेर बाहिरिने क्रममा भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन । उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुपर्‍यो ? त्यहाँभित्र गडबडी होलान् । त्यसैकारण बोल्नुभएको हो कि ?’

उनले डोमोक्रेटिक सिस्टममा हारजित हुने कुरा स्वाभाविक भएको बताए ।

ओलीले भने, ‘अहिले साँठगाँठको सिस्टम भयो । यसमा कसले जित्यो कसले हार्‍यो ? कसको शक्ति कति भन्ने नै भएन ? अहिले त जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब हुन्छ ।’

उनले संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेपनि देश र जनताको पक्षमा काम गर्ने बताए । आगामी रणनीतिबारे अहिल्यै भन्न आवश्यक नभएको ओलीको भनाई छ ।

प्रतिक्रिया

One thought on “गगनलाई ओलीको जवाफ- कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनु पर्दैन (भिडिओ)

  1. गगन भनेको पार्टीमा देउवाले लात हाने पछि रन्थनिएर म अझै पपुलर नै छु भनेर जनतालाई देखाउन उसले गर्ने भनेको एमालेको विरोध मात्र हो । उसको अरू कुनै हैसियत, स्थान केहि छैन । ओलिसँग सवाल जवाफ गर्न पहिला पार्टीमा बलियो भएर देखाउन चुनौति दिन्छु म । एमालेको प्रदेशस्तरको नेताको जति पनि हैसियत रहेनछ गगनको । त्यसैले गगनले बोल्नु बेकार छ । पार्टीमा कसैले वास्ता गर्दो रहेनछ । ओलिको विरोध गरेपछि लेखिदिने दिल्लीले पालेका टट्टु मेडिया छदैछन् । तिनै मेडियामा बोलेर जनतालाई केही छु भनेर देखाउन खोज्नु बेकार छ । कसैले पत्याउनेवाला छैन अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर