दाङको स्पान नेशनल कलेजमा स्ववियु सर्वसम्मत, अनेरास्ववियुकी सीता बनिन् सभापति – Nepal Press

दाङको स्पान नेशनल कलेजमा स्ववियु सर्वसम्मत, अनेरास्ववियुकी सीता बनिन् सभापति

दाङ । घोराहीस्थित स्पान नेशन कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नै सर्वसम्मति भएपछि चैत ५ गते मतदान नहुने भएको छ । निर्वाचन अधिकृतले शुक्रबार सर्वसम्मत निर्वाचित पदाधिकारीहरुको नामावली टाँसेर सो जानकारी दिएका हुन् ।

स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियुकी सीता घर्ती मगर निर्विरोध भएकी छन् । त्यस्तै उपाध्यक्षमा माओवादीनिकट अखिल क्रान्तिकारीका रामवहादुर परियार र सचिवमा विप्लवनिकट अखिल क्रान्तिकारीका तार्जन क्षेत्री निर्विरोध भएका छन् ।

कोषाध्यक्ष र सहसचिवमा कांग्रेसनिकट नेविसंघका क्रमशः निशा डाँगी र भाग्यलक्ष्मी भण्डारी निर्विरोध भएका छन् भने सदस्यमा पनि सबै संगठनले बाँडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर