मतदान स्थलबाट अष्टलक्ष्मी शाक्य भन्छिन्- जित्नेमा ढुक्क छु (भिडिओ) – Nepal Press

मतदान स्थलबाट अष्टलक्ष्मी शाक्य भन्छिन्- जित्नेमा ढुक्क छु (भिडिओ)

दश दलीय गठबन्धनले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बनाउनु आपत्तिजनक

काठमाडौं । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफ्नो जित हुने दाबी गरेकी छन्। संसद भवनमा जारी मतदान प्रक्रियाको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेकी हुन्।

उनले भनिन्, ‘अहिलेको माहोल देख्दाखेरी सबैको प्रतिक्रिया सुन्दा म ढुक्क छु। अहिले दल–दल एकातिर बसेपनि संविधान विपरित पुरुष उम्मेदवार बनाउनै नहुँने हो। संविधानको भावना अनुसार आपत्तिजनक छ।’

राजनीति हिबासले उपराष्ट्रपतिमा भूमिका नभएपनि सामाजिक रुपान्तरणमा लाग्नसक्ने उनको बुझाइ छ।

उनले भनिन्, ‘मेरो इच्छाले भन्दापनि आवश्यकता महशुस गरेर उम्मेदवार भएको हुँ। पार्टीबाटै आग्रह भएपछि मैले स्वीकारेको हो। म अहिले पनि राजनीतिमा सक्रिय छु। यो सेरोमोनियल पद हो। अधिकारसम्पन्न कार्यकारी पनि होइन राष्ट्रपति र उपराष्ट्रपति। तर, यो गरिमामय पद हो। यसले संविधान र राष्ट्रको संरक्षण गर्नुपर्छ। कामको हिसाबले कमजोर भएपनि यो उच्च पदस्थ हो।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर