नेपाललाई जिताउन भूमिका खेलेका गुल्सन र आरिफलाई मधेश सरकारले २/२ लाख रुपैयाँ दिने – Nepal Press

नेपाललाई जिताउन भूमिका खेलेका गुल्सन र आरिफलाई मधेश सरकारले २/२ लाख रुपैयाँ दिने

जनकपुरधाम । आईसीसी क्रिकेट विश्वकप-२ एक दिवसीय प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट खेलेका दुई खेलाडीलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

मधेशका मुख्यमन्त्री सरोज यादवले शानदार जित हासिल गरेकोमा नेपाली टोलीलाई बधाई दिँदै खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई आर्थिक सहयोग गर्ने बताएका हुन् ।

खेलाडी झा र आरिफलाई जनही २ लाखका दरले आर्थिक सहयोग गर्ने मुख्यमन्त्री यादवले घोषणा गरेका छन् ।

मधेश प्रदेशमा गृह घर भएका उनीहरुलाई प्रोत्साहनस्वरुप २/२ लाख रुपैयाँ नगद प्रदान गर्ने घोषणा मुख्यमन्त्री यादवले गरेको उनका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

यद्यपी मधेश सरकारले पक्षपाती व्यवहार देखाएको र उत्तिकै योगदान गरेका अन्य खेलाडीहरुलाई सम्मान नगरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *