राष्ट्रपतिको सचिवालयमा पाँचजना नियुक्त, कसले के जिम्मेवारी पाए ? – Nepal Press

राष्ट्रपतिको सचिवालयमा पाँचजना नियुक्त, कसले के जिम्मेवारी पाए ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच सदस्य नियुक्त भएका छन् । पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए ।

त्यस्तै पौडेलका सदावहार सहयोगी तथा सधैं स्वकीय सचिवको भूमिकामा रहेका चिरञ्जिवी अधिकारी निजी सचिव नियुक्त भएका छन् ।

नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्की मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त भएका छन् भने नेविसंघका नेता सुशील तिमल्सिनाले पनि सचिवालयमा नियुक्ति पाएका छन् । उनी तनहुँकै हुन् ।

त्यस्तै राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् । अन्य विज्ञ सल्लाहकार र सहयोगीहरू क्रमशः नियुक्त हुने बताइएको छ ।

प्रतिक्रिया

2 thoughts on “राष्ट्रपतिको सचिवालयमा पाँचजना नियुक्त, कसले के जिम्मेवारी पाए ?

  1. कम्तिमा १०० जना नियुक्त गर्नुपर्छ । वेरोजगारी बढेको बेलामा कमसेकम रोजगारी दिएर जनतामा उत्साह जगाउनु पर्छ कि रोजगारीको लागि नेपालमा पनि प्रशस्त मौका छ र विदेश जानू पर्दैन ।

  2. सल्लाहकार नियुक्ती गर्दा एक जना भुगोलबिद पनि नियुक्त गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर