नेपाल-यूएई म्याच रोमाञ्चक मोडमा, पानी परेमा कसले जित्छ ? – Nepal Press

नेपाल-यूएई म्याच रोमाञ्चक मोडमा, पानी परेमा कसले जित्छ ?

काठमाडौं । नेपाल र यूएईबीचको खेल उत्तरार्द्धमा पुग्दा काठमाडौंमा मौसम बदली भएर अन्धकार छाएको छ । प्रकाश पर्याप्त नहुँदा खेलमा ब्याट्सम्यानहरूलाई बढी असुविधा हुन सक्छ ।

मौसमविदहरूले आज अपरान्ह वर्षा हुने भविष्यवाणी गरेका थिए । यदि पानी परेर खेल रोकियो भने डकवर्थ लुइस मेथडबाट निर्णय हुने छ । नेपालले ३९ ओभरमा २२९ रन बनाउनुपर्ने थियो । थोरै रनले पछाडि रहेको नेपालले केही ओभरमा खेल मोड्न सक्थ्यो । तर, अर्धशतकलगत्तै आरिफ आउट भएपछि यूएई डीएलएस मेथडमा अगाडि भएको छ ।

प्रतिस्पर्धात्मक खेलमा थोरै अगाडि रहेको यूएईका खेलाडीहरू अहिले समय कटाउन विभिन्न बहाना गरिरहेका छन् । नेपाल भने पूरा ओभर खेल्न पाए जितको आशामा छ । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी प्रवेश गरेका छन् ।

गुल्सन झा र उनी टिकेर खेले पनि खेल नेपालको पक्षमा मोडिन सक्छ ।

प्रतिक्रिया

One thought on “नेपाल-यूएई म्याच रोमाञ्चक मोडमा, पानी परेमा कसले जित्छ ?

  1. ४१ औ ओभरमा हाम्रो स्थित २३४/६ थियो DLS विधि बाट हामि ९ रनले हार्दै थियौँ । त्यसैले युएई का खेलाडी विलाल खान वलिङ गर्ने क्रममा ग्राउन्डमै घाईते भएको नाटक गरे। युएईका क्याप्टेन वासिमले पनि फिल्ड मिलाउने नाममा काफि समय लिए। त्यसको ठिक पछिल्लो ओभर अर्थात ४२ औ ओभरमा गुल्सन झाले एकै ओभरमा २० रन जोड्न सफल भए अब DLS विधिबाट नेपाल ६ रनले जित्दै थियो। अनि युएईका बलर हतारहतार बलिङ गर्न लागे जसमा नेपाली ब्याट्सम्यानले ४४ औ ओभरको अन्त्यमा २६९ स्कोर बनाउन सफल रहे। जहाँ DLS विधिबाट हामीलाई जित्न २६० रन काफि थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *