नयाँ उपराष्ट्रपति आउनुअघि नै पुनले छाडे सरकारी निवास – Nepal Press

नयाँ उपराष्ट्रपति आउनुअघि नै पुनले छाडे सरकारी निवास

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् । पुन बिहीबार अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका- १ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपतिले आजै सरकारी निवास छाडेको पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालय जानेछन् ।

-रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर