नेप्सेमा झिनो अंकको गिरावट – Nepal Press

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से झिनो अंकले घटेको छ । नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा बन्द भएको छ ।

आज ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री हुँदा बजारमा १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन १४.४४ अंकले घटेर १९२६.३७ विन्दुमा बन्द भएको थियो ।

कारोबारमा रहेका कम्पनीमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारका आधारमा एनआईसी एसिया बैंक ४ करोड ९४ लाख ९२ हजार ६१९ रुपैयाँ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *