भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ
नेपाल प्रेस
२०७९ चैत २ गते १५:३९
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई पठाएको नयाँ मूल्यअनुसार घटेर आएको हो ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलको प्रतिलिटर १.७४ रुपैयाँ मूल्य घटेर आएको बताए ।
हाल नेपाली बजारमा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँ र पेट्रोल प्रतिलिटर १ सय ७८ रूपैयाँ बिक्री भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर