बेस्ट एअरलाइन्स अवार्ड : कुन कम्पनीले के पाए ? (भिडिओ) – Nepal Press

बेस्ट एअरलाइन्स अवार्ड : कुन कम्पनीले के पाए ? (भिडिओ)

काठमाडौं । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथमा सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस् २०२२ सम्पन्न भएको छ ।

नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने प्राथमिक उद्देश्यका साथ ग्लोबल एक्रिडिएसन काउन्सिलले १३ मार्च २०२३ मा आयोजना गरिएको विशेष समारोहमा विभिन्न १६ विधामा सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ घोषणा गरिएको हो ।

साधारणले अनलाइनमार्फत गरेको भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्याङ्कबाट प्राप्त नतिजाका आधारमा विजेता छनोट गरिएको थियो ।

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ मा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एसोसिएसन नेपालका अध्यक्ष श्रृजना राणा, स्कल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सीजी होल्डिङ्स्का अध्यक्ष अरुण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ मा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वायुसेवा प्रदायक तथा आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गरेका थिए ।

यस अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रुपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थाहरुसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन शुल्क वा स्पोनसरसीप लिएको छैन भने स्वतन्त्र लब्धप्रतिष्ठित व्यक्तिहरु सम्मिलित निर्णायक मण्डललाई निर्णयको सर्वाधिकार सुम्पिइएको थियो ।

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ मा निम्नअनुसार विजेता घोषणा गरिएको थियो ।

बेस्ट एअरलाइन्स अफ द इअर – इन्टरनेसनल – कतार एअरवेज

बेस्ट एअरलाइन्स अफ द इअर – डोमेस्टिक – बुद्ध एअर

बेस्ट एअरलाइन्स अफ द इअर – हाइब्रिड तथा एलसीसी – हिमालय एअरलाइन्स

बेस्ट एअरलाइन्स अफ द इअर – अफलाइन अपरेसन – एमिरेट्स् एअरवेज

बेस्ट नेसनल एअरलाइन्स – नेपाल एअरलाइन्स

बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसन – नेपाल एअरलाइन्स ग्राउन्ड ह्याण्डलिङ्

बेस्ट बिजनेस क्लास – कतार एअरवेज

बेस्ट इकोनोमी क्लास – फ्लाई दुबई

बेस्ट क्याबिन क्रु – एअर अरबिया

बेस्ट ट्रान्जिट एअरपोर्ट लाउन्ज – टर्किस एअरलाइन्स

बेस्ट एअरलाइन्स रिवार्डस् प्रोग्राम – कतार एअरवेज

बेस्ट एअरलाइन्स – एअर फेयर पोलिसी । कतार एअरवेज

बेस्ट एअरलाइन्स – फ्रन्ट डेस्क सपोर्ट – जजिरा एअरवेज

सीईओ अफ द इअर – नेपाली एअरलाइन्स – बिरेन्द्रबहादुर बस्नेत, बुद्ध एअर

बेस्ट एअरलाइन्स म्यानेजर अफ द इअर – इन्टरनेशनल एअरलाइन्स – सारिक बोगटी (कतार एअरवेज)

बेस्ट जनरल सेल्स एजेन्ट (जीएसए) फर फरेन एअरलाइन्स – सोसाइटी इन्टरनेसनल

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ को हस्पिटालिटी पार्टनर ह्यात प्लेस काठमाडौंमा आयोजित विशेष समारोहमा ३०० भन्दा बढी अतिथिमाझ घोषणा गरिएका अवार्डहरु सम्बन्धित एअरलाइन्सका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको थियो । समारोहमा आयोजकका तर्फबाट भाइस प्रेसिडेन्ट लाल चन्द्र गौतमले एअर इन्डियाका कन्ट्री म्यानेजर प्रीती सावन्तलाई नेपालमा सर्वाधिक लामो समयसम्म उडान भर्ने एअरलाइन्सका रुपमा विशेष अवार्ड प्रदान गरेका थिए ।

सस्तो टिकेट्स्ले टाइटल स्पोन्सरको रुपमा रहेको थियो । सस्तो टिकेट्स् नेपालको सर्वाधिक ठूलो अनलाइन टिकेटिङ् प्लेटफर्म हो भने यसले आफूलाई थप वृहत बनाउन ग्लोबल आईएमई बैंक, आईएमई पे, नमस्ते पे जस्ता सस्थाहरुमा आबद्धता गरि हवाई टिकेटिङ् तथा होटल रिजर्भेसनका क्षेत्रमा विभिन्न किसिमका नयाँ टुल्सहरु प्रयोगमा ल्याउन थालेको छ ।

कार्यक्रमका आयोजक ग्लोबल एक्रिडिएसन काउन्सिलकी प्रमुख कार्यकारी अधिकृत रोस्मिता बरालले अवार्डले नेपालको एभिएसन क्षेत्रमा नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रम प्रसिद्ध हाँस्य कलाकार सन्दीप क्षेत्रीले सञ्चालन गरेका थिए । यस कार्यक्रमको सफलतामा साथ दिने समस्त सहयोगीलाई धन्यवाद दिएर फेरि आउने वाचाका साथ चिफ एड्मिन अफिसर नेहा केसीले आयोजकका तर्फबाट धन्यवाद मन्तव्य दिई कार्यक्रमको बिट मारेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *