बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने – Nepal Press

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने भएका छन् ।

उनले यही चैत ८ गते बुधवार विश्वासको मत लिनको लागि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेका छन् ।

२५ पुसमा एमाले, माओवादी, राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका उनले राप्रपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर