बलियो स्कोरतर्फ लम्कियो यूएई, आसिफ खानको विष्फोटक अर्धशतक – Nepal Press

बलियो स्कोरतर्फ लम्कियो यूएई, आसिफ खानको विष्फोटक अर्धशतक

काठमाडौं । विश्वकप लिग २ अन्तरगत नेपाल विरुद्धको अन्तिम खेलमा यूएई बलियो स्कोरतर्फ लम्केको छ । सातौं नम्बरमा आएको आसिफ खानले विष्फोटक इनिङ खेलेपछि यूएईले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिने निश्चित भएको हो ।

आसिफले ३० बलमै ४ छक्का र तीन चौकाको मद्दतमा अर्धसतक पूरा गरेका हुन् । खेलको ४५ औं र ४६ औं ओभरमा यूएईले ३४ रन बटुल्यो । गुल्सन झालाई ४५ औं ओभरका पाँचौं र छैटौं बलमा आसिफले लगातार छक्का प्रहार गरेका थिए । यसैगरी, ४६ औं ओभरको दोस्रो र तेस्रो बलमा पनि उनले सोमपाल कामीलाई लगातार छक्का हिर्काए । ४६ औं ओभरमा सोमपालले २० रन खर्चिन पुगेका छन् ।

यूएई यो समाचार तयार पार्दासम्म ४७ ओभरमा ५ विकेट गुमाउँदै २५५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर