नेपालविरुद्ध यूएई कप्तानको आक्रामक अर्धशतक – Nepal Press

नेपालविरुद्ध यूएई कप्तानको आक्रामक अर्धशतक

काठमाडौं । विश्वकप लिग २ अन्तरगतको अन्तिम खेलमा यूएईका कप्तान मुहम्मद वसिमले नेपालविरुद्ध अर्धसतक पूरा गरेका छन् । आक्रामक अन्दाजमा खेलिरहेका उनले ४३ बलमा२ चौका र ५ छौकासहित अर्धसतक बनाएका हुन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले नेपालमाथि घातक आक्रमण गरिरहेको छ । अघिल्लो खेलमा पीएनजीविरुद्ध विष्फोटक शतक बनाएका वसिम आज पनि उही अन्दाजमा देखिएका छन् ।

सन्दीप लामिछानेको बलमा विशाल छक्का हान्दै वसिमले अर्धशतक पूरा गरेका हुन् । यो समाचार बनाउँदा सम्म यूएई १५ ओभरको समाप्तिमा एक मात्र विकेट गुमाएर ८९ रनको अवस्थामा छ । नेपाललाई एक मात्र ब्रेकथ्रु ललित राजवंशीले दिलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर