क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने- मलाई आजकै दिनको प्रतीक्षा थियो – Nepal Press

क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने- मलाई आजकै दिनको प्रतीक्षा थियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् ।

यूएईसँगको खेल पूर्व ओलीले सामाजिक सञ्जालबाट शुभकामना दिएका हुन् ।

उनले आफूलाई आजकै दिनको प्रतीक्षा रहेको उल्लेख गर्दै उच्च आत्मबलका साथ खेल्न पनि भनेका छन् ।

उनको स्टाटस यस्तो छ –

मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना !
राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर