नेपाल–युएई भिडन्त : कीर्तिपुरमा खचाखच दर्शक, टिकटबिना छिर्न खोजेपछि लाठीचार्ज (तस्बिरहरू) – Nepal Press

नेपाल–युएई भिडन्त : कीर्तिपुरमा खचाखच दर्शक, टिकटबिना छिर्न खोजेपछि लाठीचार्ज (तस्बिरहरू)

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शककाे भिड बढेकाे छ ।

दुई घण्टा अघिदेखि नै दर्शकहरु खेल हेर्न कीर्तिपुर पुगेका थिए ।

बिहान ७ः ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाइए पछि खेल मैदानमा पुरैमा भिड लागेको छ । मैदानभित्र र बाहिर पनि ठूलाे संख्यामा दर्शकहरु छन् ।

टिकटबिना नै दर्शकहरु मैदानभित्र छिर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेकाे छ ।

क्यानले बुधवार साँझ नै सबै टिकट बिक्री गरेको थियो । जसका कारण  टिकट खेल मैदानमा बेचिएको छैन । खेल बिहान ९ः ३० बाट सुरु हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर