मलमा अनुदान कटौती गरेको सरकारको निर्णयमा जनमत पार्टीको विरोध – Nepal Press

मलमा अनुदान कटौती गरेको सरकारको निर्णयमा जनमत पार्टीको विरोध

जनकपुरधाम । रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयलाई जनमत पार्टीले पनि विरोध गरेको छ ।

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बुधवार राति विज्ञप्ति जारी गरेर मलमा अनुदान कटौती गरेको निर्णयको विरोध गरेका हुन् । उनले मलमा अनुदान बढाउन, पर्याप्त मल खाद खरिद गर्न र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न माग गरेका छन् ।

‘सरकारले जनताको हितमा काम गर्नु पर्ने र उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टा मलको समग्र अनुदान ११.८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरूको बेवास्ता गरेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले रासायनिक मलमा दिइँदै आएको ७०.८२५ अनुदान कटौती गरी ५९.०४५ बनाएको छ । अब किसानले प्रतिकिलो युरियामा रू ११, डिएपीमा रू ७ र पोटासमा रू ९ थप मूल्य भार बेहोर्नु पर्नेछ ।

किसानहरूको हितमा माग सम्बोधन नभए जनमत पार्टी आन्दोलनमा उत्रिन बाध्य हुने अध्यक्ष राउतले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

One thought on “मलमा अनुदान कटौती गरेको सरकारको निर्णयमा जनमत पार्टीको विरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर