एकदिवसीय वरियतामा आसिफको छलाङ – Nepal Press

एकदिवसीय वरियतामा आसिफको छलाङ

काठमाडौं । नेपालका ओपनर आसिफ शेख एकदिवसीय वरियतामा ९ स्थान माथि उक्लिएका छन् ।

क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार आसिफ ७१औं स्थानबाट ६२औं स्थानमा उक्लिएका छन् ।
लिग २ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका आसिफसँगै कप्तान रोहित पौडेल ५५औं स्थानमा यथावत छन् ।

बलिङतर्फ दुई स्थान सुधार गर्दै सन्दीप लामिछाने २१औं स्थानमा उक्लिएका छन् । भने, सोमपाल कामी तीन स्थान सुधार गर्दै ६०औं मा र दीपेन्द्रसिंह ऐरी दुई स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएका छन् ।

एकदिवसीयको बलिङतर्फ शीर्ष स्थानमा भारतका मोहमद सिरज रहँदा दोस्रोमा अस्ट्रेलियाका जोस हेल्जहुड, तेस्रोमा न्यूजिल्यान्डका ट्रेन्ट बल्ट, चौथोमा अस्ट्रेलियाका मिचेल स्टार्क रहँदा पाँचौंमा बंगलादेशका शासकब हसन छन् ।

एकदिवसीय ब्याटिङको शीर्ष स्थानमा पाकिस्तानका कप्तान बाबर आजाम छन् । दोस्रोमा दक्षिण अफ्रिकाका रासी भानडर डुसेन रहँदा तेस्रोमा अस्ट्रेलियाका डेबिड वार्नर, चौथोमा दक्षिण अफ्रिकाका क्विनटन डीकक र पाँचौंमा पाकिस्तानका इमाम उल हक छन् ।

एकदिवसीय टिम वरियतामा नेपाल १६औं स्थानमा रहँदा शीर्ष स्थानमा भारत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर