कप्तान वासिमको आक्रामक शतकमा पीएनजीविरुद्ध जिततर्फ यूएई – Nepal Press

कप्तान वासिमको आक्रामक शतकमा पीएनजीविरुद्ध जिततर्फ यूएई

काठमाडौं । जारी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा पपुवा न्यूगिनीविरुद्ध यूएईका कप्तान मोहमद वासिमले शतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा आक्रामक ब्याटिङ गरेका वासिमले ६० बलमा ११ छक्का र ४ चौकाको मद्दतमा शतक बनाए । उन्ले भृत्य अर्विन्दसँग १ सय १६ रनको साझेदारी गरे ।

जारी शृंखलामा लगातार हार बेहोरेको यूएईको एकदिवसीय मान्यता र शीर्ष तीन लक्ष्य दुबै गुमिसकेको छ । भने, पीएनजी पाँच जित मात्रै निकालेर ११ अंकसहित पुछारमा छ ।

आज यूएईलाई पराजित गर्दै लिग २ शृंखलामा सुखद अन्त्य चाहेको पीएनजीको सपना अधुरो रहने लगभग निश्चित छ । यूएईले अन्ति खेल बिहिबार नेपालसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर