१७ रुपैयाँको चार्जले १०० किलोमिटर गुड्ने गेस्टिस स्कुटर सार्वजनिक – Nepal Press

१७ रुपैयाँको चार्जले १०० किलोमिटर गुड्ने गेस्टिस स्कुटर सार्वजनिक

काठमाडौं । एमभी दुगड़ ग्रुपले विवेक अटोमोवाइल्सद्धारा इन्डोनेसियन विद्युतीय दुई पांग्रे गेस्टिस स्कुटर नेपालमा पहिलो पटक सार्वजनिक गरेको छ । स्कुटर १७ रुपैयाँको चार्जले १०० किलोमिटर सम्म गुड्ने क्षमता रहेको छ ।

स्कुटरमा ५ किलोवाटको मोटर, ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री रहेको जसलाइ चार्ज गर्न १.३ युनिट विद्युत खपत हुने कम्पनीले बताएको छ । अहिले प्रति युनिट १३.७० रुपैयाँको हिसाबले स्कुटरलाइ चार्ज गर्न १७.८१ रुपैयाँ लाग्ने गदर्छ । ब्याट्री ओभर चार्जिङ प्रोटेक्सन, ओभर डिस्चार्जिङ प्रोटेक्सन, ओभर करेन्ट प्रिभेन्सन, टेम्परेचर कन्ट्रोल, सर्ट–सर्किट प्रिभेन्सन र सेल इक्वलाइजेसन सहितको ब्याट्री ८ किलोग्राम तैत रहेको जनाइएको छ ।

सोमबार नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले एक कार्यक्रमका बीच विद्युतीय स्कुटर सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।

यसका साथै स्कुटरमा दुई डिस्क ब्रेक, प्रत्येक मोटर प्रणाली सिधै एन्ड्रोइड ओएसमा जडान स्मार्टफोन मार्फत गति, आरपीएम, तापक्रम र भोल्टेज निगरानी समेत गर्न सकिने रहेको छ ।

एलइडी टेल ल्याम्प, बेल्ट ड्राइभ, डबल डिस्क बे्रक, रियर मोनो शक, डिजिटल ड्यासबोर्ड, पञ्च फुट रेस्ट जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

One thought on “१७ रुपैयाँको चार्जले १०० किलोमिटर गुड्ने गेस्टिस स्कुटर सार्वजनिक

  1. बिक्री बितरण कहिलेबाट शुरु हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *