मलको अनुदान कटौतीविरुद्ध राप्रपानिकट किसान संगठनको प्रदर्शन (भिडिओ) – Nepal Press

मलको अनुदान कटौतीविरुद्ध राप्रपानिकट किसान संगठनको प्रदर्शन (भिडिओ)

काठमाडौं । रसायनिक मलमा दिइँदै आएको अनुदान कटौती गरिएको भन्दै राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले विरोध प्रदर्शन गरेको छ ।

अनुदान कटौती गर्ने सरकारको निर्णय किसानविरोधी रहेको भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘हाम्रो खुसी अन्न र उपज, हाम्रो उत्पादनमा मलको सहज’, ‘खेत त जोगियो, मल बीउ कहाँ छ ?’ लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले अनुदान कटौतीको निर्णय सरकारले तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले चेकजाँच नगरी भारतीय तरकारी भित्राएर किसानको उत्पादनलाई महत्व नदिने, रसायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यवृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने बताए ।

अहिले सांकेतिक विरोधमात्रै भएको भन्दै किसान नेताले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै रासायनिक मलको भाउ बढ्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर