कप्तान भालाको अर्धसतकमा पीएनजीले यूएईलाई दियो २३५ रनको बलियो लक्ष्य – Nepal Press

कप्तान भालाको अर्धसतकमा पीएनजीले यूएईलाई दियो २३५ रनको बलियो लक्ष्य

काठमाडौं । कप्तान आसाद भालाको अर्धसतक प्रेरित आईसीसी विश्वकप लिग २ मा आफ्नो अन्तिम खेलमा पपुवा न्यूगिनी(पीएनजी)ले यूएईलाई २ सय ३५ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रनको योगफल तयार पार्यो ।

पीएनजीका कप्तान आसाद भालाले सर्वाधिक ६२ रन योगदान गरे । उनले जवार फरिदको बलमा मोहमद वासिमबाट क्याच आउट हुनुअघि ९२ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरे । ओपनर किप्लिन डोरिगा ६० बल खेल्दै तीन चौकाको मद्दतमा २४ रन बनाएर आउट हुँदा चाल्र्स अमिनीले २२ रन र गोउदी टोकाले १५ रन बनाए ।

रिले हिकुरे २२ बलमा तीन चौका र २ छक्कासहित ३३ रनमा आउट हुँदा बिष्फोटक इनिङ खेलेका नोर्मान भानुवा ३१ बलमा ५ छक्का र १ चौको मद्दतमा ४९ रनमा अविजित रहँदा अर्धसतक बनाउन एक रनले चुके ।

यूएईका हजरत बिलालले १० ओभरमा ४७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । भने, रोहन मुस्तफा र जावर फरिदले एक–एक विकेट लिए ।यसअघि, लिग २ मा पीएनजीले ३५ खेल खेल्दा पाँच जित निकालेको छ ।

जसमा चार पटक यूएईलाई र एक पटक अमेरिकालाई पराजित गरेको छ । तालिकाको पुछारमा रहेको पीएनजी आजको खेलमा यूएईलाई पराजित गर्दै लिग २ शृंखला सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

जारी लिगमा पीएनजी दुई खेलमा नेपालसँग पराजित भएको थियो । भने, एक खेलमा यूूएईलाई हराएको थियो । यूएई शृंखलाको पहिलो खेलमा नेपालसँग पराजित हुँदा एकदिवसीय मान्यता गुमाएको थियो । भने, यूएईमा सम्पन्न शृंखलाको अन्तिम खेलमा नेपालसँगै हार्दा शीर्ष तीनमा रहेर सोझै विश्वकपको ग्लोबल क्वालिफायर्स खेल्न बञ्चित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर