कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बसेको हो।

बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ। एमाले नेतृत्वको गठबन्धन भत्काएर चुनावअघिकै गठबन्धन ब्युँताएपछि पहिलो पटक कार्यसम्पादन समितिको बैठक बसेको हो।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको तयारी छ। विश्वासको मत लिएपछि मात्रै प्रधानमन्त्री सरकारलाई पूर्णता दिने तयारी गरिरहेका छन्।

तस्बिरहरु : उमेश कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर