हालान्डको कीर्तिमानी ५ गोलसहित सिटी क्वाटर फाइनलमा – Nepal Press

हालान्डको कीर्तिमानी ५ गोलसहित सिटी क्वाटर फाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।  प्रि–क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब आरबी लेप्जिगमाथि ७–० गोलको फराकिलो अन्तरले सिटी क्वाटर अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदान इतिहादमा गए राती भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले कीर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले  थप एक एक गोल गरेर सिटिलाई यो लिगकै सानदार जीत निकाले ।

इतिहाद स्टेडियममा मङ्गलवार राति भएको एकपक्षीय खेलमा घरेलु टोली सिटीले खेलको २२औँ मिनेटमा हालान्डको पेनाल्टीबाट अग्रता लिएको थियो ।

दुई मिनेटपछि अर्थात् २४ औँ मिनेटमा नै हालान्डले केभिन डि ब्रुएनाको पासमा दोस्रो, पहिलो हाफको इन्ज्युरी समय अर्थात् ४९औँ मिनेटमा इल्केए गुन्डोगानले ज्याक ग्रेलिसको पासमा हल्यान्डले हयाट्रिक गरे ।

हल्यान्डको गोलको गति यतिमा नै रोकिएनन दोस्रो हाफको सुरुवाती ५३औँ मिनेटमा म्यानुएल एकान्जीको पासमा, ५७औँ मिनेटमा ले एकान्जीकै पासमा थप गोल गरेर एउटै खेलमा हल्यान्डले लगातार ५ गोल गरेर किर्तिमानी कायम गर्न सफल भए ।

योसँगै एउटै खेलमा पाँच गोल गरेका हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिली लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गर्ने कीर्तिमान राखेका थिए ।

यसैगरी, सिटीबाट एकै सिजन ३९ गोल गर्ने हालान्ड एक्ला खेलाडी पनि बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर