वैचारिक छलफल चलाउन खोज्दा पार्टीभित्रैबाट असहयोग भयो : महामन्त्री थापा (भिडिओ) – Nepal Press

वैचारिक छलफल चलाउन खोज्दा पार्टीभित्रैबाट असहयोग भयो : महामन्त्री थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको बताएका । त्यसका लागि आफूले वैचारिक छलफल चलाउन खोज्दा पार्टीभित्रैबाट साथ नपाएको उनले गुनासो गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबार काठमाडौंमा सुरु भएको नीति अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्रैबाट बीपी कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गरे ।

‘आजको समस्या समाधान गर्न पनि बीपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बीपीमाथि नै कांग्रेसले अन्याय गर्नु हो’, महामन्त्री थापाले भने, ‘आज नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौती छ । त्यसको समाधान बीपी कोइरालाको भनाइ खोजेर गर्न सकिँदैन । हाम्रो भागको समस्याको समाधान हामी आफैंले गर्नुपर्छ ।’

उनले बीपी कोइराला कांग्रेसका लागि मूल विचारधाराको स्रोत भए पनि आजको चुनौती हामी आफैंले समाधान गरेर अघि बढनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर