लघुवित्तको पूँजी कोष सन्तोषजनक : राष्ट्र बैंक – Nepal Press

लघुवित्तको पूँजी कोष सन्तोषजनक : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको पूँजी कोषको स्थिति सन्तोषजनक रहेको जनाएको छ ।

राष्ट्र बैंकले मंगलबार लघुवित्त संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षेण प्रतिवेदन सार्वजनिक गर्दै लघुवित्त संस्थाको पूँजी कोष सन्तोषजनक रहेको जनाएको हो ।

लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम प्राथमिक पूँजी र पूँजी कोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान छ ।

गएको पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पूँजी कोष क्रमशः १२.२३ र १३.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पूँजी २.२३ प्रतिशतले र जोखिम भारित सम्पत्ति १.०७ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पूँजी र जोखिम भारित सम्पत्ति क्रमशः १६.५७ प्रतिशत र १५.६० प्रतिशतले बढेको थियो । पुस मसान्तसम्ममा थोक लघुवित्त वित्तीय संस्थाहरूले ५० अर्ब वित्तीय स्रोत संकलन गरेका छन् । जुन २०७९ असार मसान्तको तुलनामा ५.५७ प्रतिशतले बढी हो ।

पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपातमा वृद्वि भएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम असारको तुलनामा ३.१७ प्रतिशतले वृद्वि भई पुस मसान्तमा ५९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ । उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति ५ खर्ब ११अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो असार मसान्तको तुलनामा ०.६२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति १२.२९ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *