रियलमीद्वारा ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’लाई स्कुटर वितरण – Nepal Press

रियलमीद्वारा ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’लाई स्कुटर वितरण

काठमाडौँ । स्मार्टफोनको ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ विक्रेताहरुलाई टिभिएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान गरेको हो ।

२१ मध्ये ७ वटा स्कुटरहरु गत आइतबार नक्साल स्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालय लक्ष्मण बाबु भवनमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।

रियलमीका कन्ट्री हेड मुनिश गिरीले रियलमीका स्मार्टफोनहरु आम उपभोक्ता माझ सहज रुपमा पु¥याउन सहयोग गर्ने सबै विक्रेताहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *