महिला नै उपराष्ट्रपति हुनुपर्ने मागको रिट दरपिठ – Nepal Press

महिला नै उपराष्ट्रपति हुनुपर्ने मागको रिट दरपिठ

काठमाडौँ । सर्वोच्च अदालतमा उपराष्ट्रपति महिलालाई नै गराउनु पर्ने मागसहित पेस गरिएको रिटमा दरपिठ गरिएको छ ।

अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेश गरेकी हुन् ।

शनिवार उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने मागसहित रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट मङ्गलवार दरपिठ भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर