राष्ट्रपति पाैडेललाई सोसलिस्ट इन्टरनेशनलको बधाई – Nepal Press

राष्ट्रपति पाैडेललाई सोसलिस्ट इन्टरनेशनलको बधाई

काठमाडौं । सोसोलिस्ट इन्टरनेशनलले राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएको छ । सोसलिस्ट इन्टरनेशनलले एक वक्तव्य जारी गर्दै पौडेल र नेपाली कांग्रेसलाई बधाई ज्ञापन गरेको हो ।

सोसलिस्ट इन्टरनेशनल सामाजिक, लोकतान्त्रिक, समाजवादी र श्रमिक पार्टीहरूको विश्वव्यापी संगठन हो ।

‘हालैको निर्वाचनमा विजयी हुनुभएकोमा र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सोसलिस्ट इन्टरनेशनलको तर्फबाट तपाई र नेपाली कांग्रेसलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ’, वक्तव्यमा उल्लेख छ ।

इन्टरनेशनलले नेपाली कांग्रेसको लोकतन्त्र, सामाजिक न्याय र मानवअधिकारप्रतिको प्रतिबद्धताका साथै नेपाली जनताको जीवनस्तर उकास्ने प्रतिबद्धताको कदर गर्दै नेपाली कांग्रेसको नेतृत्वमा पार्टीले यी महत्त्वपूर्ण मूल्यहरूलाई कायम राख्दै सबै नेपालीहरूको राम्रो भविष्यको लागि काम गर्ने विश्वास समेत प्रकट गरेको छ ।

यस्तै सोसलिस्ट इन्टरनेशनलको सदस्य पार्टीको हैसियतमा नेपाली कांग्रेससँगको घनिष्ठ सहयोगलाई निरन्तरता दिन र नेपाल र विश्वभर सामाजिक लोकतन्त्र र मानव प्रगतिको उद्देश्यलाई अगाडि बढाउन संस्थाले अपेक्षा समेत गरेको वक्तव्यमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर