दुर्गा प्रसाईँको प्रस्टोक्ति- सक्नेले ऋण तिर्नुहोस्, मेरो आन्दोलन नसक्नेका लागि हो (भिडिओ) – Nepal Press

दुर्गा प्रसाईँको प्रस्टोक्ति- सक्नेले ऋण तिर्नुहोस्, मेरो आन्दोलन नसक्नेका लागि हो (भिडिओ)

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले ऋण तिर्न नसक्नेहरूका लागि आफूहरू आन्दोलित भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको तर तिर्न नसक्नेहरूका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताए ।

उनले चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरूलाई तिर्न पनि आग्रह गरे ।

लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने उल्लेख गर्दै प्रसाईँले भने, ‘मान्छेहरूको कुरो के आइरहेको छ भने दुर्गा प्रसाईँले २० लाखदेखि मुनिको ऋण मिनाहा गर्छु भनेको छ भनेर चितवनमा पनि हाम्रो आन्दोलनविरुद्धमा लघुवित्तका सिइओहरु घुमेको देखेँ । जो मान्छेले तिर्न सक्छ, तिर्नुस् । तिर्नु पर्दैन भनेको होइन । शक्ति हुने मान्छे, पैसा हुने मान्छेले तिर्दा हुन्छ । यो आन्दोलन भनेको सर्वहारा वर्गको लागि हो । जसले तिर्न सक्दैन त्यसको लागि पो मिनाहा गरिदिऊँ भनेको त ।’

ऋण मिनाहा बचतकर्ताहरूको पैसाबाट नभएर लघुवित्त र सहकारीको जिम्मा लिएर राज्यले व्यहोर्नुपर्ने उनले बताए ।

प्रसाईँले निरन्तर रूपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरू गरिने बताए ।

प्रसाईँले सरकारले आफ्नो अभियानको कालोमोसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको आरोप लगाए । यद्यपि संयोजक थापा छुटिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *