संखुवासभा बहुमुखी क्याम्पसमा सबै पदाधिकारी निर्विरोध, अनेरास्ववियुका आमोद बने सभापति – Nepal Press

संखुवासभा बहुमुखी क्याम्पसमा सबै पदाधिकारी निर्विरोध, अनेरास्ववियुका आमोद बने सभापति

काठमाडौं । संखुवासभा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नै सर्वसम्मत पदाधिकारी र सदस्य चयन भएका छन् । विद्यार्थी संगठनहरूले आपसी सहमतिमा संगठनको आकार अनुसार पदाधिकारी र सदस्य बाँडफाँट गरेका छन् ।

निर्वाचन समितिका अनुसार स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियुका आमोद कार्की निर्विरोध भएका छन् । उपसभापतिमा नेविसंघका अंशु खत्री र सचिवमा पनि नेविसंघकै भरत अधिकारी निर्विरोध भएका छन् ।

सहायक सचिवमा अनेरास्वयुका मेघराज पौडेल र कोषाध्यक्षमा पनि सोही संगठनकी बिन्दु गौतम निर्विरोध भएका छन् । एक सदस्यमा अखिल क्रान्तिकारीलाई समेत समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर