ए डिभिजन लिगमा सातदोबाटोको पहिलो हार – Nepal Press

ए डिभिजन लिगमा सातदोबाटोको पहिलो हार

काठमाडौं । सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबसँग १-० गोलको नतिजामा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टारका आदित्य शाक्यले खेलको ८९औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

जारि लिगमा लगातार तीन जित निकालेको सातदोबाटो पहिलो पटक पराजित हुँदा थ्री स्टाले लगातार दोस्रो जित निकालेको हो । जितसँगै थ्री स्टार चार खेलमा ७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो ४ खेदमा ९ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, च्यासल रंगशालामा आजै सम्पन्न खेलमा नव प्रवेशी खुमलटार फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै लिगमा दोस्रो जित निकाल्यो ।

खेलको २२औं मिनेटमा मनिष थापाले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको खुमलटारका स्टेफन बिनङले ६५औं मिनेटमा अग्रता दोब्बर पारे ।

हिमालयन शेर्पाका विश्वास श्रृेष्ठले ८०औं मिनेटमा एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।

जितसँगै खुमलटार चार खेलमा ६ अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा ४ अंकसहित १०औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर