उम्मेदवार छनोटमा हस्तक्षेप भएपछि पश्चिमाञ्चल क्याम्पसमा नेविसंघका ३ उपसभापतिसहित १४ जनाले दिए राजीनामा – Nepal Press

उम्मेदवार छनोटमा हस्तक्षेप भएपछि पश्चिमाञ्चल क्याम्पसमा नेविसंघका ३ उपसभापतिसहित १४ जनाले दिए राजीनामा

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाई कार्यसमितिका ३ उपसभापतिसहित १४ जनाले राजीनामा दिएका छन् ।

स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकबिना बाहिरी व्यक्तिहरुको अनधिकृत रुपमा प्रवेश गरेको भन्दै क्याम्पस इकाई कमिटीका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले राजीनामा गरेको हुन् ।

सचिव दिवाकर कर्ण, सहसचिव केशवप्रसाद सापकोटा, कोषाध्यक्ष कुसुम गुरुङ, सदस्यहरु शिव पोखरेल, सुनिल भट्टराई, अभिषेक अर्याल, तरुण घिमिरे, रुपेश घिमिरे, विवेक कँडेल, संस्कार थापा र नेशिल कोइरालाले राजीनामा दिएका हुन् ।

‘क्याम्पसका आधिकारिक इकाई पदाधिकारी र विद्यार्थीहरुमाथि हस्तक्षेप गर्ने यस किसिमका तुच्छ गतिविधिहरुको घोर विरोध गर्दै इकाई पदाधिकारीहरु सामूहिक राजीनामा घोषणा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर