कोशी प्रदेशका १५ क्याम्पसमा सर्वसम्मत नेतृत्व : ११ सभापति अनेरास्ववियु, ३ जना नेविसंघका – Nepal Press

कोशी प्रदेशका १५ क्याम्पसमा सर्वसम्मत नेतृत्व : ११ सभापति अनेरास्ववियु, ३ जना नेविसंघका

विराटनगर । कोशी प्रदेशमा स्ववियु निर्वाचन हुने ६५ क्याम्पसमध्ये १५ वटा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत भएका १५ वटामध्ये ११ वटा क्याम्पसमा एमालेको भातृ संगठन अनेरास्ववियुबाट सर्वसम्मत सभापति निर्वाचित भएका छन् ।

तीन वटा क्याम्पसमा नेवि संघबाट सभापति निर्वाचित भएका छन् । एउटामा भने अखिल क्रान्तिकारीबाट सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । आगामी चैत ५ गते हुने निर्वाचनका लागि शनिबार देशैभर उम्मेदवारहरूले मनोनयन दर्ता गरेका थिए ।

अनेस्ववियुबाट धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस धनकुटा, पाख्रिवास क्याम्पस धनकुटा, बुद्धुक क्याम्पस धनकुटा, ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, पीण्डेश्वर क्याम्पस धरान, गरामुनि क्याम्पस बिर्तामोड, एकतोप्पा क्याम्पस इलाम, गरुवा क्याम्पस इलाम, सङ्खुवासभा बहुमुखी क्याम्पस र मादी क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति निर्वाचित भएका छन् ।

यस्तै, नेविसंघबाट जीतपुर क्याम्पस धनकुटा, तल्लो गोकर्णेश्वर क्याम्पस धनकुटा र पाँचथर बहुमुखी क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएका छन् । पाँचथरको रवि क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर