राष्ट्रपति पौडेलद्वारा मोरोक्कोका लागि राजदूत नियुक्त – Nepal Press

राष्ट्रपति पौडेलद्वारा मोरोक्कोका लागि राजदूत नियुक्त

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपतिको शपथ लिएलगत्तै पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका राजदूतमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

शपथपछि पौडेलले पहिलो नियुक्ति गरेका हुन् । फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित पौडेलले आजैमात्र पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर