उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता – Nepal Press

उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा अगाडि सारिएको यादवलाई सहयोग गर्ने प्रचण्डले प्रतिबद्धता गरेका हुन् ।

सोमबार उम्मेदवार यादव प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदबार पुगेका थिए । प्रधानमन्त्रीले संघीयता र गणतन्त्रको रक्षा निमित आफु र आफ्नो दलले सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको सांसद प्रदीप यादवले बताए ।

तर, सत्ता गठबन्धनमै सामेल रहेको जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दिएकी छन् । उनलाई लोसपा र नागरिक उन्मुक्तिको साथ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर