१० तस्बिरमा हेर्नुस् शीतलनिवासमा विद्याको विदाई र रामचन्द्रको स्वागत – Nepal Press

१० तस्बिरमा हेर्नुस् शीतलनिवासमा विद्याको विदाई र रामचन्द्रको स्वागत

काठमाडौं । निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेर बिदा भएकी छन् ।

भण्डारीले आफ्नो कार्यकाल सकिएसँगै आजै शीतल निवास छाड्दै छिन् । शीतल निवासमा आयोजित विशेष समारोहमा भण्डारीको विदाइ गरिएको छ भने पौडेलको स्वागत भएको छ । विदाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेलगत्तै भण्डारीले शीतलनिवास छाड्ने भएकी हुन् । बूढानीलकण्ठस्थित निजी निवास निर्माणको काम नसकिएकाले उनी सीधै छोरीको घरमा जाने भएकी हुन् । शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारी जेठी छोरी उषाकिरणको घरमा जाने भएकी छन् । उनको घर बालुवाटारमा छ ।

यसअघि देवर कैलाश भण्डारीको घरमा सर्ने तयारी थियो । तर, त्यहाँ सुरक्षाकर्मी बस्ने ठाउँ नभएपछि भण्डारी आफ्नो घर निर्माणको काम नसकेसम्म छोरीको घरमा बस्न लागेकी हुन् ।

२०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा निर्वाचित भएपछि भण्डारी देवर कैलाश भण्डारीकै घरबाट शीतल निवास छिरेकी थिइन् । २०७४ फागुन २९ मा दोस्रो कार्यकाल निर्वाचित भण्डारी सात वर्षपछि शीतलनिवास छाड्न लागेकी हुन् ।

तस्बिरहरु : गाैरव पाैडेल/प्रदीपराज वन्त

   

प्रतिक्रिया

One thought on “१० तस्बिरमा हेर्नुस् शीतलनिवासमा विद्याको विदाई र रामचन्द्रको स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर