शीतल निवासबाट बाहिरिएकी निवर्तमान राष्ट्रपति विद्या भण्डारी छोरी उषाकिरणको घरमा बस्ने – Nepal Press

शीतल निवासबाट बाहिरिएकी निवर्तमान राष्ट्रपति विद्या भण्डारी छोरी उषाकिरणको घरमा बस्ने

काठमाडौं । निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकाल सकिएसँगै आज शीतल निवास छाड्दै छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेलगत्तै भण्डारीले शीतलनिवास छाड्ने तयारी गरेकी हुन् ।

बूढानीलकण्ठस्थित निजी निवास निर्माणको काम नसकिएकाले उनी सीधै छोरीको घरमा जाने भएकी हुन् । शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारी जेठी छोरी उषाकिरणको घरमा जाने भएकी छन् । उनको घर बालुवाटारमा छ ।

यसअघि देवर कैलाश भण्डारीको घरमा सर्ने तयारी थियो । तर, त्यहाँ सुरक्षाकर्मी बस्ने ठाउँ नभएपछि भण्डारी आफ्नो घर निर्माणको काम नसकेसम्म छोरीको घरमा बस्न लागेकी हुन् ।

२०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा निर्वाचित भएपछि भण्डारी देवर कैलाश भण्डारीकै घरबाट शीतल निवास छिरेकी थिइन् । २०७४ फागुन २९ मा दोस्रो कार्यकाल निर्वाचित भण्डारी सात वर्षपछि शीतलनिवास छाड्न लागेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर