शपथग्रहणमा गडबडीपछि राष्ट्रपति रामचन्द्रलाई एडीसीले रोके, पुनः शपथको व्यहोरा वाचन (भिडिओ) – Nepal Press

शपथग्रहणमा गडबडीपछि राष्ट्रपति रामचन्द्रलाई एडीसीले रोके, पुनः शपथको व्यहोरा वाचन (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहणका क्रममा गडबड भएपछि पुन: शपथ लिएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथग्रहण गराउने क्रममा म ..भन्नासाथ रामचन्द्र पौडेल भनेर पर्खिनु पर्नेमा पौडेलले सपथको व्यहोरो एकोहोरो पढेपछि कार्की अलमलिए ।

सबै मुखामुख गरेर अलमलिएपछि राष्ट्रपतिका एडीसी छेउमा गएर ‘कामु प्रधानन्यायाधीश’ ले पढेपछिमात्र भन्नुपर्छ भनेपछि पुनः शपथ भएको हो ।

निकटस्थका अनुसार पौडेललाई सुनाइको समस्या छ । काम निकै कम सुन्ने भएकाले उनी ‘हियरिङ एड’ को प्रयोग गर्छन् । तर, पनि राम्ररी सुन्दैनन् ।
आज सपथ वाचनमा समस्या हुनुको कारण यही नै थियो । प्रधानन्यायधीसले वाचन गरेको उनले राम्ररी सुनेनन् र खुरुखुरु आफ्नै सुरमा पढिरहे ।

पौडेलको उच्चरणमा पनि त्रुटि थियो । उनले प्रतिज्ञा भन्नुपर्ने ठाउँमा प्रतिक्षा भनेका थिए ।

प्रतिक्रिया

One thought on “शपथग्रहणमा गडबडीपछि राष्ट्रपति रामचन्द्रलाई एडीसीले रोके, पुनः शपथको व्यहोरा वाचन (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर