पीएनजीमाथि नेपालको रन वर्षा, विष्फोटक सुरुवातपछि भुर्तेल आउट – Nepal Press

पीएनजीमाथि नेपालको रन वर्षा, विष्फोटक सुरुवातपछि भुर्तेल आउट

काठमाडौं । झिनो लक्ष्य पाएर ब्याटिङमा उत्रिएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पपुवा न्यूगिनीको खराब बलिङ र फिल्डिङलार्ई दण्डित गर्दै नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले छिट्टै खेल सकाउने संकेत देखाएका छन् ।

पहिलो ओभरको अन्तिम बलबाट नेपालले बाउन्ड्रीको खाता खोलेको थियो । पहिलो ओभरमा ५ रन लिएको नेपालले दोस्रो ओभरमा बाउन्ड्रीको वर्षा नै गर्यो ।

पीएनजीका काबुवा मोरियाले लयहिन बलिङ गरेपछि कुशल भुर्तेलले एकपछि अर्को बाउन्ड्री हिर्काए । मोरियाले दुईवटा नोबल फ्याकेको ओभरमा नेपालले २६ रन बटुल्यो ।

तेस्रो ओभरमा पनि पीएनजीलाई राहत भएन । यस ओभरमा आशिफ शेखले ३ वटा चौका प्रहार गरे । चौंथो ओभरको पहिलो बलरमा भुर्तेलले विशाल छक्का लगाए ।आउट हुनुअघि भुर्तेलले १४ बलमा ३३ रन जोडे, जसमा ४ चौका र दुई छक्का समावेश थिए ।

यही ओभरको तेस्रो बलमा भुर्तेलले आफ्नो विकेट गुमाएका छन् । उनलाई चाड सोपरले एलबीडब्ल्यूको धरापमा पारे । तर ,अब नेपाल जितबाट केवल ४५ रन टाढा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर