नेपालको धारिलो बलिङमा पीएनजी धराशायी, ७९ रनमै गुमायो ६ विकेट – Nepal Press

नेपालको धारिलो बलिङमा पीएनजी धराशायी, ७९ रनमै गुमायो ६ विकेट

सन्दीप र ललितको उत्कृष्ट बलिङ

काठमाडौं । विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालको बलिङ पपुवा न्यूगिनीको ब्याटिङमाथि पूर्णरूपमा हावी भएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पीएनजीमाथि सुरूदेखि दबाब बनाएको हो ।

२३.१ ओभरसम्ममा पीएनजीले ७९ रनमै पाँच विकेट गुमाएको छ । नेपालका स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै पीएनजीका महत्वपूर्ण तीन विकेट लिएका छन् । अर्का स्पिनर ललित राजवंशीले पनि दुई विकेट लिइसकेका छन् ।

सन्दीपले ५ ओभर १ बलमै तीन विकेट चट्काएका हुन् । तेस्रो नम्बरमा खेलेका सेसे बाउलाई आउट गर्दै विकेटको खाता खोलेका सन्दीपले पीएनजीका कप्तान असद भालालाई आफ्नो दोस्रो शिकार बनाए । यसैगरी सन्दीपको बलमा चार्ल्स अमिनी पनि पनि आउट भएपछि पीएनजी सस्तोमै समेटिने सम्भावना देखिएको छ ।

नेपाललाई आज पनि ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए । चौथो ओभरमा उनले पीएनजीका ओपनर किप्लीन डोरिगाको विकेट लिएपछि पीएनजीले लगातार विकेट गुमाइरहेको छ ।

दोस्रो विकेटका रूपमा सोमपाल कामीले हिरीहिरीलाई आउट गरे । यसैगरी राजवंशीले आफ्नो रिली हाकुरेलाई आफ्नो दोस्रो शिकार बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर