सन्दीपले लिए भालाको विकेट, नेपाललाई चौथो सफलता – Nepal Press

सन्दीपले लिए भालाको विकेट, नेपाललाई चौथो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध चौथो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा पीएनजीका कप्तान आसाद भालालाई ललित राजवंशीबाट क्याच गराए ।

भाला ३१ बलमा २ चौकासहित २० रन बनाएर पभेलियन फर्किए ।

सन्दीपले पहिलो विकेट लिने क्रममा सेसे बाउलाई बोल्ड आउट गरेका थिए ।

यसअघि, ललित रानवंशीले ओपनर किप्लिन डोरिगालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपाल कामीले हिरीहिरीलाई करण केसीबाट क्याच गराउँदा नेपालले दोस्रो सफलता पाएको थियो ।

पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा यूएईमाथि १ सय ७७ रनको शानदार जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो । बाँकी दुई खेल जिते नेपालले शीर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर