शीतलनिवासको ‘साँचो’ बुझाउनु अघि राष्ट्रपति भण्डारीले गरिन् पौडेलसँग लामो भेटवार्ता – Nepal Press

शीतलनिवासको ‘साँचो’ बुझाउनु अघि राष्ट्रपति भण्डारीले गरिन् पौडेलसँग लामो भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ । आफ्नो पाँच वर्षे कार्यकालको अन्तिम दिन भण्डारीले राष्ट्रपतिमा नवनिर्वाचित पौडेललाई शीतलनिवास बोलाएर लामो कुराकानी गरेकी हुन् ।

शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति भण्डारीले पौडेललाई बधाई ज्ञापन गरेकी थिइन् । उनको पौडेलको कार्यकालको सफलताका लागि शुभकामनासमेत दिइन् ।

भेटका अवसरमा भण्डारीले शीतलनिवासमा आफ्नो अनुभव सेयर गर्दै पौडेललाई केही सुझावहरू दिएको स्रोतले बतायो ।

पौडलले पनि दोस्रो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा भण्डारीलाई बधाई दिएका थिए । आगामी दिनमा आफूलाई निरन्तर सल्लाह तथा सुझाव दिन पनि उनले अनुरोध गरेका थिए ।

राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल आज सकिएको छ । उनी भोली शीतलनिवासबाट बिदा हुने तयारीमा छिन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सपथग्रहण गर्दैछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर