जन वर्गीय संगठनका प्रमुखलाई निरु पालको निर्देशन- ग्रासरुट र स्ववियु निर्वाचनमा खटिनुस् – Nepal Press

जन वर्गीय संगठनका प्रमुखलाई निरु पालको निर्देशन- ग्रासरुट र स्ववियु निर्वाचनमा खटिनुस्

कैलाली । नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा कञ्चनपुर इन्चार्ज निरुदेबी पालले पार्टीले सुरु गरेको मिसन ग्रास रुट र स्ववियु निर्वाचनमा खटिन जन वर्गीय संगठनका प्रमुख तथा इञ्चार्जहरुलाई निर्देशन दिएकी छन् ।

आज कैलालीको घोडाघोडीमा सम्पन्न जनसङ्गठन समन्वय विभागको तेस्रो बैठकमा उनले मिसन ग्रास रुट र स्ववियु निर्वाचनमा खटिन निर्देशन दिएकी हुन् ।

‘पार्टीले अहिले मिसन ग्रास रुट चलाइरहेको छ तपाइहरू जो जहाँ खटिनु भएको छ सक्रियता पूर्वक खटिनु होला’ उनले भनिन् ‘आसन्न स्ववियु निर्वाचनमा पनि हाम्रा उम्मेदवारहरूलाई विजयी गराउने गरि लाग्नु होला ।’

विभिन्न जनसङ्गठनका अध्यक्ष तथा इन्चार्जहरूले ग्रास रुट र स्ववियु निर्वाचनका विषयमा जानकारी गराएका थिए ।
कैलालीमा ग्रास रुट अभियान राम्रो भइरहेको भन्दै अझै प्रभावकारी बनाउनु पर्ने पालको भनाइ थियो ।

एमाले कैलाली सचिव डेजी पाण्डेले पनि कैलालीमा मिसन ग्रास रुट राम्रो भइरहेको बताए । १२६ वडामध्ये अधिकांश वडामा बैठक सम्पन्न भएको छ उनले भने बाकी केहीमा पनि चाडै हुन्छ । उनले पनि कैलालीमा क्याम्पसहरूमा अखिलका उम्मेदवार विजयी गराउन सबै लाग्नु पर्ने बताएका थिए ।

एमाले उपसचिव तथा प्रचार विभाग प्रमुख ममता प्रसाद चौधरीले ग्रास रुट र स्ववियु निर्वाचनका बिषयमा मिडियामा प्रचार प्रसारलाई पनि तीव्रता दिन आग्रह गरे ।

बैठकमा विद्यार्थी नेताहरूले कैलालीका १४ क्याम्पस मध्ये आधा बढिमा एमाले निकट विद्यार्थी संगठनले स्ववियु जित्ने दाबी गरेका थिए ।

जनसङ्गठन समन्वय विभागका प्रमुख द्वारिका न्यौपानेले कैलालीका सबै स्थानीय तहमा अहिले सक्रियता पूर्वक मिसन ग्रासरुट भइरहे भन्दै जनसंगठन सङ्गठनहरूले पनि चासो दिनु पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर